गायक रामकृष्ण ढकाल र निलमले गरे सम्बन्धविच्छेद !

7 Shares

काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिले सम्बन्धविच्छेद गरेका छन् । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।


जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ’ उनले भने ‘बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको छ ।’
ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार