चौतर्फी बिरोधपछि गाउँपालिकाको निर्णय १ दिन पनि टिकेन !

7 Shares

बुद्धवीर बाहिङ/काठमाडौं । लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्न गाउँपालिकाले आनाकानि गर्दै गरेको विवादास्पद निर्णय चौतर्फी बिरोध भएपछि पुनः बैठक बसेर फिर्ता लिएको छ ।

काठमाडौंबाट गाउँ फर्किन चाहने आफैले गाडिभाडा तिर्नु पर्ने, गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने र क्वारेन्टाइनमा ओढ्ने र ओछ्याउने कपडा आफैले व्यवस्था गर्नुपर्ने लगायतका विवादास्पद निर्णय गरेको थियो ।

निर्णय सार्वजनिक भए लगत्तै चौतर्फी बिरोध र आलोचनाको सामना गरेका जनप्रतिनिधीले अन्ततः पुन बैठक बसेर शुक्रबार गरेको निर्णय फिर्ता लिँदै गाउँपालिका आफैले गाडिको व्यवस्था गरी उद्धार गर्ने र होम क्वारेन्टाइनमा कम्तिमा १४ दिनसम्म बस्ने गरी निर्णय सच्याएको छ ।

उद्धार कार्य कहिलेदेखि सुरु गर्ने भन्ने केहि पनि खुलाईएको छैन । अघिल्लो बैठकले भने पर्सी सोमबारबाट मात्र उद्धार गर्ने निर्णय गरेको थियो । तत्कालै उद्धार गर्न गाउँपालिकाले तयारी नसकेको बताइएको छ ।

यसैबीच सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई शुक्रबारदेखिनै समस्यामा परेका आफ्ना नागरिकको उद्धारमा खटिरहेका छन् । शुक्रबार र आज शनिबार नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका समस्यामा परेका सयौंको उद्धार गरिसकिएको छ ।

यता भ्रमण खर्चमात्रै ३ वर्षमा झण्डै १ करोड खर्चिएको नेचासल्यान गाउँपालिकाको अध्यक्ष भने गाउँपालिकामै छन् । यस्तो संकटको बेला समेत उनले समस्यामा परेका नेचासल्यानबासीलाई खासै चासो नदेखाएकोमा चौतर्फी बिरोध र आलोचना भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार