लकडाउन डायरी नर्बे : ‘नागरिक आफै सुरक्षित बस्ने हो’ : शेर्पा

0 Shares

काठमाडौं । बाम्तीभण्डार रामेछापका आङछिरिङ शेर्पा गत सेप्टेम्बरमा वर्किङ भिषामा स-परिवार नर्बे पुगे । शेर्पाले नर्बेमा काम गर्नको लागि प्रक्रिया पूरा गर्न केहि महिना कुर्नुपर्ने भयो । तर, डिसेम्बरमा ३१ मा चीनको हुबेई प्रान्तस्थित वुहानमा कोरोना भाईसर (कोभिड-१९)को लक्षण देखियो । लक्षण देखिएको केहि दिनमै हजारौं मानिसमा यो रोगको संक्रमण पुष्टि भयो ।

केहि महिनापछि त कोरोनाले विश्वभर सामराज्यनै जमायो । झनै विकासित र सुविधा सम्पन्न मानिएका युरोपका अधिकांश देशमा अत्यास लाग्दो गरी मानिसहरुमा कोरोना संक्रमण फैलियो । लाखौंले अकालमा कोरोनाकै कारण मृत्यु वरण गर्नुपर्यो । कोभिड-१९ बारे बुझ्नै विश्वका वैज्ञानिकहरुलाई धेरै दिन लाग्यो । यसको लक्षण, सर्ने प्रक्रिया र यसको असरबारेमा जानकारी पत्ता लगाउन धेरै दिन लाग्यो । त्यसले गर्दा पनि युरोप लगायत विकसित देशमा धेरै मानविय क्षति हुन पुग्यो ।

यसले युरोपको विकसित मध्येको एक देश नर्बेलाई पनि अछुतो राखेन । तर, अन्य देशभन्दा धेरै कम मात्रामा कोरोना संक्रमित भेटिए । हालसम्म नर्बेमा कोरोनाबाट संक्रमितहरुको संख्या ९ हजार १ जना छन् । उनीहरुमध्ये २ सय ५३ जनाले ज्यान गुमाएका छन् । भने, ८ हजार १ सय ३८ जना उपचारपछि घर फर्किसकेका छन् । अहिले ६ सय १० जना मात्रै कोरोना संक्रमित नर्बेको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

यसले आङछिरिङ शेर्पालाई पनि धेरै असर पुर्यायो । २ वा ३ महिनामा नर्बेको सबै प्रक्रिया पूरा गरेर काम सुरु गर्नुपर्ने शेर्पा अझै पनि काम गर्नको लागि प्रक्रियामै छन् । तर उनले अलिकति पनि हरेस भने खाएका छैनन् । ‘यहाँ नर्बेमा त सरकारले भन्दा नागरिक आफैले सचेत र सुरक्षित रहने हो,’ शेर्पाले भने, ‘कोरोनाको औषधी पत्ता नलागेकाले हामी आफैले सचेत भएर बस्ने हो भने कोरोनाले खासै असर गर्दैन रहेछ भन्ने नर्बेमा प्रमाणित भएको छ ।’

शेर्पा नर्बेको राजधानी ओस्लोमा स-परिवार बस्दै आएका छन् । टुरिजम बिजनेसको शिलशिलामा उनी स-परिवार नर्बे गएका हुन् । पहिलो पटक नर्बेमा पुग्ने जो कोहि नेपालीलाई धेरै गाह्रो हुन्छ । तर, शेर्पा धेरै वर्ष ईजरायलमा काम गरी भर्खरै मात्र नर्बे गएकाले पनि उनलाई भने त्यत्ति धेरै अफ्ठ्यारो भएन । कोरोनाका कारण ओस्लोका नागरिक अझै खुलेर हिड्न, बोल्न र काम गर्न सकेका छैनन् । झनै बाहिरबाट ओस्लो पुगेका नेपालीहरुलाई त गाह्रो नहुने कुरै भएन । तै पनि समस्याभित्रै बाँच्ने कोशिस गरिरहेका छन्, कयौं नेपालीहरु ।

शेर्पा पनि कोरोना कहरको बीचमा बाँच्ने कोशिसमा संघर्षरत छन् । उनले उज्वेकिस्तान, ईजरायल, टिबेट, स्पेन, स्वीजरल्ण्ड, पोर्तुगल, जर्मन, अष्ट्रिया, कतार, टर्की, ओमान, बेल्जियम, भारत लगायतका अन्य देशहरुमा काम र घुमघाममा पुगिसकेका छन् । अन्य युरोपियन देशको तुलनामा कोरोनाले धेरै कम क्षति पुर्याएको देशमध्ये नर्बे पनि एक हो । त्यसैले कोरोनाले नर्बेको अधिकांश क्षेत्रमा असर पारे पनि आम नागरिकमा भने त्यत्ति धेरै क्षति पुर्याएको छैन् । त्यसैले शेर्पा ढुक्कले स-परिवार ओस्लोमा बसिरहेका छन् ।

कोरोनाका कारण बाहिर खासै हिड्दैनन् शेर्पा । परिवारको साथमै अधिकांश समय खर्चन्छन् उनी । परिवारसँगै विभिन्न परिकारहरु बनाएर खाने गरेका छन् । कुनै बेला बाहिर निस्किएका बेला शेर्पाले एकाध नेपालीहरुलाई पनि भेट्ने गरेका छन् । ती नेपालीहरुको पिडा पनि उस्तै छ । कोरोनाले गर्दा काम गर्न पाइएन ।

नर्बेमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको जनसंख्या करिब १ हजार ५ सय जति रहेको छ । अस्थायी रुपमा भने ५ सय देखि १ हजारसम्म नेपालीहरु नर्बेको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन् । अस्थायी बसोबास गर्नेहरुमा भने अधिकांश नेपाली विद्यार्थीहरु रहेका छन् ।

(नर्बेस्थित ओस्लोमा बसोबास गर्दै आउनुभएका आङछिरिङ शेर्पासँग गरिएको कुराकानीमा आधारित ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार