गोकर्णको भाडाअवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले विगतमा हचुवामा दिइएको जमिन नयाँ मापदण्ड बनाएर दिइएको बताए । चुनाव हारेका तथा जनताबाट तिरस्कृत भएकाहरुले जाँदाजाँदा गरेका निर्णयहरु पुनरावलोकन हुने समेत उनले बताए ।

गोकर्णको यति समूहलाई दिने पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार