सम्पर्क समितिद्धारा बिरामीलाई आर्थिक सहयोग

0 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरुलाई सहयोग गरेको छ ।

हिमाली जिल्ला सोलुखुम्बुबाट उपचारका लागि काठमाडौं आएका बिरामीहरुलाई सम्पर्क समितिका पदाधिकारी र सदस्यहरुले आर्थिक सहयोग संकलन गरी प्रदान गरेका हुन् । काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरु सोताङ गाउँपालिका वडा नं. १ निवासी पवित्रा गीरी र कुमारी भजुलेल तथा लिखुपिके गाउँपालिका वडा नं. ३ निवासी विनोद बस्नेतलाई आर्थिक सहयोग गरिएको सम्पर्क समितिको सहसचिव भरत काफ्लेले जानकारी दिए ।

केहि दिन अगाडि पनि सम्पर्क समितिले सोलुखुम्बुबाट उपचारका लागि काठमाडौं आएका ७ जना बिरामीहरुलाई आर्थिक सहयोग गरेको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

यसैगरी सोताङ गाउँपालिका वडा नं. १ का रमेशकुमार राईलाई पनि सम्पर्क समितिले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा काम गरिरहेको बेला दुर्घटना परी स्वदेश फर्किएका राई काठमाडौंमै उपचाररत छन् ।

सम्पर्क समितिले गोकर्ण बस्नेतको नेतृत्व पाएपछि विभिन्न सामाजिक काम गर्दै आएको छ । दुई पटक रक्तदान कार्यक्रम गरी बिरामीको जीवन बचाउने अमूल्य रगत संकलन गरेको छ । त्यसैगरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)का कारण बिचल्लीमा परेका दैनिक ज्यालादारी मजदुर र हिमाली जिल्ला सोलुखुम्बुबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तुहरु राहत स्वरुप प्रदान गरेको थियो । साथै सोताङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई औषधी तथा थर्मल गन समेत सम्पर्क समितिले प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार