भानुभक्तको अर्को काण्ड : भ्याट छल्न नक्कली बील बिजकको प्रयोग

भानुभक्तको अर्को काण्ड : भ्याट छल्न नक्कली बील बिजकको प्रयोग

Facebook Debugger

119k

Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
wechat sharing button
sharethis sharing button

सोलुखुम्बु । आन्तरिक राजश्व कार्यालय लहानमा ३५ लाख बढी कर नतिरेको हिमाल एफ.एम.ले मूल्य अभिवृद्धि कर (भ्याट) छल्न भ्याट नम्बर नै उल्लेख नभएको नक्कली बील बिजक जारी गर्ने गरेको छ । भानुभक्त निरौला प्रमुख रहेको हिमाल एफ.एम.ले चालु आर्थिक बर्षमा कारोबार गरेका आफ्नो ग्राहक (उपभोक्ता) लाई नक्कली बील थमाएको हो । हिमाल एफ.एम.को भ्याट नम्बर ३०५११५५३९ हो । तर उसले जारी गरेको बीलमा कहीं कतै यो नम्बर उल्लेख गरिएको छैन ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ ले हरेक करदाताले आफ्नो वस्तु तथा सेवा आपूर्ति गर्दा भ्याट बिल दिनुपर्ने र करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

हिमाल एफ.एमले हालै (२०७७ जेठ २९ गते) सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखाको नाममा जारी गरेको बीलमा बील नं. १५७२ उल्लेख छ । यसबाट एफ.एमले यस्ता हजारौं नक्कली बील अन्य ग्राहकलाई समेत जारी गरिसकेको पुष्टि गरेको छ ।

नक्कली बील जारी गरी भ्याट बापतको रकम दाखिला नगर्दा राज्यलाई घाटा भएको मात्र होइन, यसले हिमाल एफ.एम.सञ्चालक समिति र सेयरधनीलाई समेत प्रत्यक्ष घाटा पु¥याईएको छ । नक्कली बीलबाट संकलित रकम भानुभक्त निरौलाले एफ.एम.को आम्दानीमा नचढाउने र आफू खुसी प्रयोग गर्ने गरेको एफ.एम.कै मार्केटिङ शाखामा काम गरिरहेका एक असन्तुष्ट कर्मचारीले बताए ।

चार्टर एकाउन्टेन्ट हरिशरण बेल्बासे नक्कली बिल बिजक जारी गर्नु ठूलो आर्थिक अपराध भएको बताउनुहुन्छ । उहाँका अनुसार यस्तो बीलको भुक्तानी दिने र लिने दुवैलाई आर्थिक अपचलनमा मुद्दा चलाउन सकिन्छ । ‘भ्याटमा दर्ता भएर कारोबार गर्न थालेको संस्थाले अनिवार्य भ्याट बील जारी गर्नुपर्छ र उक्त भ्याट सेवाग्राहीबाट असुल गरेर सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्छ । नक्कली बीलबिजक जारी गरेको भेटिएमा सजायको भागीदार बन्नुपर्छ ।

उहाँका अनुसार भ्याटमा दर्ता भएको करदाताले नक्कली बील जारी गरेको भन्ने एकीन भएमा सम्बन्धित ग्राहकले भुक्तानी दिनैपर्ने जरुरत हुँदैन । यदि भुक्तानी गरिहालेमा पनि महालेखापरिक्षकको कार्यालयले बेरुजु निकाल्न सक्छ । पछि त्यस्तो रकम अधिकार प्राप्त व्यक्तिले बेरुजु फछ्र्यौट गर्नुपर्छ र नक्कली बील बिजक जारी गर्ने निकाय सजायको भागीदार बन्नुपर्छ ।

हिमाल एफ.एम. का भानुभक्त निरौलाले यस्ता कयौं गैरकानुनी हर्कत गरिरहेका छन् । उनले हावाहुरीले लडाएको टावरमा स्थानीय बासिन्दासँग २ लाख ४० हजार रुपैयाँ डिल गरेका थिए । यस्तै टावर स्थानान्तरण गरेको कम्पनीलाई भुक्तानी नदिई बेइमानी गर्ने, आन्तरिक राजश्व कार्यालयमा अनिवार्य तिर्नुपर्ने मूल्य अभिबृद्धि कर र आयकर समेत समयमा नतिरी आफ्नै निजी कम्पनीमा लगानी गर्ने, नेपाल टेलिकमको टावरमा अनधिकृत रुपमा इन्टरनेटको उपकरण जडान गर्ने, हुँदै नभएको रेडियोमा प्रसारण भईरहेको हवाला दिएर विज्ञापन उठाउने लगायत गैर कानुनी कामहरु गरिसकेका छन् ।

भ्याट छली गर्न नक्कली बील जारी गर्ने हिमाल एफ.एम.को सञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडले गत आर्थिक बर्ष २०७५÷०७६ को मूल्य अभिबृद्धि कर बापतको २९ लाख ५२ हजार ७३३ रुपैयाँ र आयकर बापतको ५ लाख ९६ हजार ४ सय ६९ रुपैयाँ गरी जम्मा ३५ लाख ४९ हजार २०२ रुपैयाँ तिर्न बाँकी रहेको आन्तरिक राजश्व कार्यालय लहानले जनाएको छ । कार्यालयका अनुसार उल्लेखित कर गत २०७६ पुससम्मको मात्र हो । पुस यताको आर्थिक विवरण अद्यावधिक गर्दा ५० लाख हाराहारीमा पुग्ने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

 

बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

भानुभक्त निरौलाको कर्तुत ३ : सरकारी सम्पत्तिमा रजाँई !

 

टेलिकम टावर काण्ड : भानुभक्तको नुम्बुर नेटवर्कले ७ ठाउँमा दुरुपयोग गरेको खुलासा !

भानुभक्तले हिमाल एफ.एम.लाई भड्खालोमा हाल्दै, ३५ लाख बढी कर नतिरेको खुलासा

 

निरौलाको अर्को ठगी : हुँदै नभएको रेडियोको नाम भजाएर ब्रम्हलुट !

Published On:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार