थुलुङ दुधकोशी गाउँपालिकामा घुम्ती शिविर शुरु

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा घुम्ती शिविर शुरु भएको छ ।


गाउँपालिका भित्रका अपाङ्गता, जेष्ठ नागरिक परिचयपत्र वितरण र सामाजिक सुरक्षा भत्ताका लागि घुम्ती शिविर शुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईले घुम्ती शिविर मुक्लीबाट १८ जनालाई अपाङ्गता परिचयपत्र र ८ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।
घुम्ती शिविर मंगलबार वडा नं. ९ लोखिम, बुधबार वडा नं. ५ र वडा नं. ४ को वडा कार्यालयमा सञ्चालन गरिने पनि अधिकृत राईले जानकारी दिनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार