बाहिङ किरात मुलुखिमद्धारा बिरामी राजकुमारलाई ८२ हजार सहयोग

काठमाडौं । बाहिङ किरात मुलुखिम केन्द्रीय समितिको अगुवाईमा बिरामी राजकुमार राई (सेते) लाई ८२ हजार ५ सय ९९ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

अज्ञात रोगका कारण चावहिल काठमाडौंस्थित हेल्पीङ्ग ह्याण्डमा उपचाररत राईको आर्थिक अवस्था कमजोर भएकाले बाहिङ किरात मुलुखिमले आर्थिक सहयोग गरेको हो । बाहिङ किरात मुलुखिमको सहकार्यमा बाहिङ समुदाय तथा गैरबाहिङबाट आर्थिक सहयोग संकलन गरी बिरामी राईलाई अस्पतालमै पुगेर रकम हस्तान्तरण गरिएको बाहिङ किरात मुलुखिमका केन्द्रीय महासचिव धिरेन सुस्तोचा बाहिङले बताए ।

ओखलढुंगा जिल्ला, मानेभञ्ज्यङ्ग गाउँपालिका वडा नं ४ पंखु केतुके स्थायी ठेगाना भई हाल काठमाडौंमा बस्दै आएका छन् । सामान्य गुजारा चलाईरहेका बिरामी राई ट्याक्सी चलाएर परिवारको जीविकोपार्जन गरिरहेका थिए । ट्याक्सीमा समस्या आएपछि ट्याक्सी बनाउने क्रममा ओड उचाल्दा ढाड सड्किएका राईको उपचारको क्रममा थप अज्ञात रोग रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

आर्थिक सहयोग बाहिङ किरात मुलुखिमका अध्यक्ष भूपराज बाहिङले हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार