लोखिम घुम्ती शिविरमा ७० जनालाई सेवा प्रवाह

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकास्थित लोखिममा सञ्चालन गरिएको घुम्ती शिविरमा ७० जनालाई सेवा प्रवाह गरिएको छ ।


आम नागरिकलाई छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट घरदैलोमै सेवा दिने उद्देश्यले वडा कार्यालयले घुम्तीशिविर सञ्चालन गरेको हो । घुम्ती शिविरमा १८ जनालाई अपाङ्गता परिचयपत्र, २६ जनालाई जेष्ठ नागरिब परिचय पत्र र २६ जनालाई सामाजिक सुरक्षा भत्ताको नयाँ फाराम वितरण गरिएको वडा अध्यक्ष भूपालसिं राईले बताउनु भयो ।
घुम्ती शिविर भोली (बुधबार) वडा नं. ५ र वडा नं. ४ मा सञ्चालन गरिने थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार