दुधकोशी जलासययुक्त आयोजनाको मन्त्री पुनद्धारा अनुगमन, सोलुुखुम्बुलाई प्रभावित क्षेत्र घोषणा गर्न सांसद राईको माग !

Facebook Debugger

सोलुखुम्बु । उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ले केहि समयपछि शुरु हुने लागेको ६ सय ३५ मेगावाटको दुधकोशी जलासययुक्त जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्नु भएको छ ।


मगंलबार खोटाङको रावाबेशी गाउँपालिकाको रबुवा बजारमा भएको दुधकोशी जलासययुक्त जलविद्युत आयोजनाको स्थलगत अनुगमनलाई सम्बोधन गर्नुहुँदै मन्त्री पुनले जलासयुक्त आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको रुपमा सञ्चालन गर्ने बताउनु भयो । साथै जनताको मुआब्जा वितरणमा कुनै कन्जुस्याइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस वर्ष नेपालको ४० जिल्ला पूर्ण विद्युतिकरण गर्ने र आगमी वर्ष सबै जिल्लामा राष्ट्रियप्रसारण लाइनमा जोडने समेत मन्त्री पुनले दोहो¥याउनु भयो ।

खोटाङ जिल्लाको प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले मुलुकको आधा भूभागलाई उज्यालो दिन सक्ने ६ सय ३५ मेगावाट क्षमताको विस्तृत परियोजनाको प्रतिवेदन भएकाले अब पक्का जलविद्युत आयोजना निर्माण कार्य शुरु हुनेमा खुसी व्यक्त गर्नुभयो । ‘तुलनात्मक रुपमा कम घरजग्गा डुबानमा पर्ने, लागत अत्यन्त कम भएको जलविद्युत आयोजना हाम्रो जिल्लामा निर्माण हुने भएको छ,’ सांसद घट्टराईले भन्नुभयो, ‘स्थानीय जनताको व्यापक समर्थन रहेको नेपालको एउटा जलविद्युत आयोजना निसन्देश दुधकोशी हो ।’


ओखलढुंगा जिल्लाको प्रतिनिधी सभा सदस्य यज्ञराज सुनुवारले नेपालकै गौरवको आयोजना भएकाले स्थानीय बासी, स्थानीय जनप्रतिनिधी र प्रभावित क्षेत्रका आम जनताले जलविद्युत आयोजनालाई साथ र सहयोग गर्नु पर्ने बताउनु भयो ।

सोलुखुम्बु जिल्लाको प्रतिनिधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले सोलुखुम्बु जिल्लालाई जलविद्युत आयोजनाको प्रभावित जिल्ला घोषणा गर्न माग गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्दै सांसद राईले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहलाई राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागी समेत आग्रह गर्नुभयो ।


कार्यक्रमलाई समबोधन गर्नुहुँदै नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले पहाडबाट उत्पादन भएको विद्युत पहिले पहाडमा नै उज्यालो हुनेपर्नेमा जोड दिनुभयो ।


यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमानसिं घिसिङले जलासययुक्त आयोजना दुई खर्बको लगातमा निमार्ण सम्पन हुने जानकारी दिनुभयो । यो जलविद्युत आयोजनाले नेपालको आधा भुभागमा पुग्ने गरि विद्युत उत्पादन हुने पनि बताउनु भयो ।


नेपाली सेनाको एम आई १७ हेलिकोप्टर चढेर निर्माणाधिन आयोजना स्थल पुग्नु भएको मन्त्री पुनसँगै प्रतिनिधी सभा सदस्यहरु यज्ञराज सुनुवार, विशाल भट्टराई र हेमकुमार राई ‘सुरवीर’, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, अम्बिरबाबु गुरुङ, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमानसिं घिसिङ लगायतको टोली सहभागी भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार