यी हुन्, ‘यस्तो पो वडा अध्यक्ष’का मूख्य पात्र !

Facebook Debugger

ओखलढुंगा– आम नागरिकमा जनप्रतिनिधीको छवि धुमिल हुँदैछ । त्यसमा अझ प्रत्यक्ष नागरिकसँग जोडिने वडा अध्यक्षलाई नागरिकले सेवक कम शासक बढी भनेर मूल्यांकन गर्छन् । विल्कुल वडा अध्यक्षलाई वाह ! भनेर गर्व गर्न लागयक पात्रमा अपवादका रुपमा मात्रै भेटिएको छ । मान्छेले वडा अध्यक्षलाई कसरी मूल्यांकन गरेका रहेछन्, त भनेर अब फिल्ममा पनि हेर्न सकिन्छ । हो, यही परिवेशमा वडा अध्यक्षको भूमिकालाई लिएर निर्माण भएको चलचित्र यस्तो पो वडा अध्यक्षमा नायकको रुपमा उदायका छन्, मोडल तेज गिरी ।


बाल्यकालदेखि नै स्कुलका विभिन्न कार्यक्रमहरुमा नाटकहरु प्रस्तुत गर्दै अभिनयमा होमिएका हेटौंडाका स्थायी बाशिन्दा तेज गिरी विगत ३ बर्ष देखि राजधानी काठमाण्डांमौ कलाकारितामा जमेका छन् । त्यस अघि नेपालकै सुन्दर नगरी पोखरामारहँदा पनि कलाकारितामै रमेका थिए । पोखरामा उनले रहँदा मिस्टर नेपाल २०१२ को अडिसनमा छनौट भएपछि १ महिनाको प्रशिक्षण मार्फत उत्कृष्ट ४ सम्मको यात्रा तय गर्दै अभिनय मार्फत उक्त प्रतियोगिताको मोस्ट ट्यालेन्टको उपाधी समेत जित्न सफल भए । मिस्टर नेपालमा उपाधी जित्न सफल भएपछि उनलाई २०६९ मा पहिलो पटक नेपाली कथानक चलचित्र “काले” मा अभिनय गर्ने अवसर मिल्यो ।
पहिलो चलचित्र लाई लिएर उनी अत्यन्तै उत्साहित थिए तर बिडम्बना त्यो चलचित्र आजको दिन सम्म पनि रिलिज हुन सकेन । उनको पहिलो फिल्म रिलिज नहुँदै उनी भने स्थापित कलाकार बनिसकेका छन् । त्यसताका उनले धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरे । ईन्दिरा जोशी, राजेश पायल राई, राजु परियार, रामभक्त जोजीजु लगायतका चर्चित गायकहरुका लगभग डेढ दर्जन गीतमा अभिनय गरे । ३ वटा विज्ञापनमा समेत काम गरे ।
त्यही सिलसिलामा गिरी घनश्याम लामिछाने निर्देशित नेपाली कथानक चलचित्र “धौली”बाट सह नायकको रुपमा डेब्यू गरे । त्यही चलचित्रबाट नै उनको अभिनयको चर्चा सुरु भएको हो । त्यसपछि उनले मुक्तिनाथ विकास बैंकको लगानीमा नेपालमै पहिलो पटक निमार्ण भएको वित्तीय साक्षरता सम्बन्धी चलचित्र “परिवर्तन” मा मुख्य भुमिकामा अभिनय गर्ने मौका पाए । यही चलचित्रले उनको उचाइ माथि पुर्यायो । उनले दिपेन्द्र के खनाल निर्देशित चलचित्र “लभ लभ लभ”मा पनि अभिनय गरे । ५ बर्ष उनले मोफसल (पोखरा) मा संघर्ष गरे । उनी त्यहाँ स्थापित पनि भइसकेका थिए ।

अरु अवसर खोज्दै उनी २०७३ मा काठमाण्डौ छिरे । काठमाण्डौ आएपछि नृत्य र अभिनयको प्रशिक्षण समेत लिएर अभिनय कलामा निखारता ल्याए । उनले पञ्चेवाजा, रनविर र गोपी चलचित्रमा विभिन्न किसिमका भुमिकामा अभिनय गरिसकेका छन् । यस क्रममा उनलाई हाल प्रर्दशनको तयारीमा रहेकोे हिरामणी ज्ञावली निर्देशित चलचित्र “यस्तो पो वडाध्यक्ष”मा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो । यो चलचित्र उनको वहुप्रतिक्षित चलचित्र हो । उनले अभिनय गरेका पात्र कस्ता छन् त भन्ने प्रश्नमा उनी भन्छन्ः ‘अहिलेको समसामयीक विषय वस्तुमा निमार्ण भएको यस चलचित्रले आम दर्शकको मन जित्नेमा ढुक्क छु, चलचित्रले देश विकासको मुद्दालाई पृथक ढंगबाट उठान गरेको छ ।’ यस अघि उनले कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेन निर्देशित चलचित्र “म” मा मुख्य खलपात्रको भुमिकामा अभिनय गरे । त्यो चलचित्रको अहिले धमाधम सुटिङ्ग चलिरहेको छ । यो चलचित्रमा पनि उनको भिन्न भुमिका छ ।
फिटनेशमा पनि उनी उत्तिकै ध्यान दिन्छन् । आजभोलि उनी दैनिका २ घण्टा जिममा विताउँछन् र फुर्सदको समय अध्ययन गर्छन् । उनले एमए सम्मको औपचारिक अध्ययन पुरा गरिसकेका छन् । उनको ५ फिट ९ ईन्चको उचाइका उनी फिटनेशमा अत्यन्तै आकर्षक देखिन्छन् । उनी अभिनयमा मात्र नभई कुशल कार्यक्रम संचालक र प्रशिक्षक पनि हुन् । कार्यक्रम संचालन र प्रशिक्षणको दौरानका क्रममा उनले नेपालका ५८ जिल्ला घुमेरका छन् । पछिल्लो पटक उनी ओखलढुङ्गाको भ्रमणमा आएका थिए । ४ दिनको ओखलढुङ्गा बसाईमा ओखलढुङ्गाको सम्पूर्ण पर्यटकीय स्थालहरु घुमे । उनी सोलुखुम्बुको बतासे र खोटाङ्गको हलेसी पुगेपछि भ्रमण २०२० का लागि यस क्षेत्रमा उपयुक्त स्थानहरु रहेको प्रतिक्रिया दिए । यस क्षेत्रमा घुम्न उनले सबै आन्तरिक तथा बाह्य पर्यटकहलाई आग्रह गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार