उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

35 Shares

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० रोकथामका लागि सरकारले लगाएको जोरबिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणााली शुक्रबार बिहानदेखि लागू हुनेगरी हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०७७ असोज १ गतेदेखि उपत्यकामा गुड्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । लामो समयसम्म जोरबिजोर प्रणाली लागू हुँदा उद्योग, व्यापार व्यवसायहरुमा असर परेको गुनासो आउन थालेकाले जोरबिजोर प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार