नेपाललाई अर्ग्यानिक देश बनाउन सिक्किमको पूर्व मुख्यमन्त्री चाम्लिङको सुझाव !

Facebook Debugger

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले सिक्किमको पूर्व मुख्यमन्त्री पवन चाम्लिङबाट आफू प्रभावित भएको बताउनु भएको छ ।


किरात राई यायोक्खा केन्द्रीय समितिले आज (माघ १) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित किरात यले सम्वत ५०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।
पवन चाम्लिङले सिक्किममा गरेको विकास निर्माण, गरिवी न्युनिकरण, शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यले आफूलाई प्रभावित बनाएको बताउनु भयो । चाम्लिङ मुख्यमन्त्री भएको बेला पटक पटक भेट्ने प्रयास गरेको भन्दै सिक्किमको पूर्व मुख्यमन्त्रीको प्रसंशा गर्नु भएको थियो ।
मुख्यमन्त्री राईले किरात राई यायोक्खाले उठाउँदै आएको राजनीतिक सामाजिक एजेण्डा सही भएको बताउनु भयो । सहभागिहरुले प्रदेश १ को नाम बारे बोल्ने अपेक्षा गरेपनि किरात यले सम्वतको शुभकामना, सिक्किमको पूर्व मुख्यमन्त्री चाम्लिङ र यायोक्खाको प्रशंसा गर्दै मन्तव्य टुङ्ग्याउनु भएको थियो ।


सुभकामना मन्तव्य दिने क्रममा सिक्किमको निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङले आफू हाल सत्तामा नभएपनी सक्रीय राजनीतिमा रहेको बताउनु भयो । यद्यपि यो पटक आफू राजनीति व्यक्तीको रुपमा नभएर एउटा परिवार भएर पितृ देश नेपाल आएको बताउनु भयो ।
चाम्लिङ सिक्किमको एउटा निर्वाचन क्षेत्रमा निरन्तर आठ पटक जितेको र पाँच पटक मुख्यमन्त्री भएर शासन चलाएका व्यक्ति हुन । मन्तव्यको क्रममा चाम्लिङले नेपाली भाषी र जातिले त्यो रेकर्ड बनाएर नेपालको गरिमालाई उच्च बनाएको बताउनु भयो । सिक्किमको नाम्चिमा ९ वर्षमा चार धाम आफूले बनाएको त्यो पनि विश्व चर्चित रहेको उहाँले बताउनु भयो ।
त्यहाँ आफूले जैविक खेतिको सुरु गरेर भारतको २२ औ राज्य सिक्किमलाई चिनाउने प्रयास गरेको बताउनु भयो । भारतको सिक्किम शिक्षित राज्य, अनिकाल मुक्त राज्य हो । त्यहाँको जनताले शिक्षा, स्वास्थ्य, न्युननत खाद्यन्न निशुल्क पाउने बताउनु भयो ।
चाम्लिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलई आधारधूत शिक्षा, स्वास्थ्य, खाद्यन्न, जनतालाई घर उपलब्ध गराउन सुझाव दिनु भएको छ । राजनीतिक विषयमा कुरा गर्नुहुँलै चाम्लिङले जनता भड्काउनु, उचाल्नु सजिलो भएपनि मान्छेलाई सकारात्मक बाटोमा हिडाउन, आर्थिक विकाशमा लगाउनु कठिन हुने बताउनु भयो ।
चाम्लिङले विश्व कृतिम कुराहरुसँग प्रतिस्प्रर्धा गर्न थालेको हुँदा मान्छेले पछि पार्यो भनेर प्रतिस्प्रर्धी हुनुपर्ने बताउनु भयो । जीवन छोटो भएकोले राम्रो गर्ने, बोल्ने र मानवीय सेवामा लाग्नु पर्ने बताउनु भयो । प्रकृतिक र मानव संसाधन पुर्ण प्रयोग गर्नु पर्ने बताउनु भयो । प्रत्येक व्यक्तिले मेहनत गर्नु पर्दछ । केही भएन भने हलो र मर्चा बनाउने सीप प्रयोग गर्न सहभागिहरुलाई सुझाव दिनु भयो ।
नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेकोले आउने अतिथिहरुलाई स्थानीय खाना खुवाउन सुझाव दिनुभयो । जैविक बनाउन सके नेपाल विश्वमा आर्थिक विकास हुन सक्ने बताउनु भयो । नेपालमा जैविक (अग्र्यानिक) देश बनाउने पहल भए आफ्नो सहयोग रहने बताउनु भयो ।

डा.पवन चाम्लिङलाई ‘हाङ यलम्बर स्मृति सम्मान’

यायोक्खाले किरात नयाँ वर्षको अवसरमा सिक्किमको निवर्तमान मुख्यमन्त्री माननीय डा.पवन चाम्लिङलाई ‘हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०’द्धारा सम्मान गरिएको छ । पुरस्कारको राशी २ लाख २२ हजार २२२ रहेको छ ।


चाम्लिङले लोकतान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गर्दै विश्व रेकर्ड कायम गर्नु भएको थियो । सत्तामा रहदा समुदायको भाषिक, साँस्कृतिक विकासमा योगदान गर्नुको साथै सिक्किमलाई भौतिक विकास गरेर समुदायको शीर उच्च बनाएकोमा यायोक्खा नेपालले सम्मान गरेको हो ।
यायोक्खासँगै किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष जितेन राई लगायतको टोलि, किरात राई रानाहोछा समाज, किरात राई वान्तावा खिम, लगायतको टोलीले चाम्लिङलाई मायाको चिनो, अभिनन्द पत्रहरुले सम्मान गरेका थिए ।

प्रदेश १ को नाम किरात नछोडिने !

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा संघीय सांसद हेमकुमार राई (सुरवीर)ले प्रदेश १ को नाम किरात नै हुनु पर्ने बताउदै आफूहरु हिजो कोशीको लागि नलडेको बताउनु भयो । आफू किरात प्रदेशको लागि भूमिका खेल्ने बताउनु भयो ।
प्रदेश १ को सांसद रामकुमार राई पासाङले पार्टीले प्रदेशको नाम र राजधानी बारे हस्तक्षेप गर्न नुहने बताउनु भयो । मुख्यमन्त्री शेरधन राईलाई प्रदेशको नाम किरात प्रस्ताव गर्न सुझाव दिदै आफूहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाम किरात राख्न लामो समयदेखि संस्थाले मिहिनेत गरिरहेको बताउनु हुँदै अव तार्किक निष्कर्षमा पुर्याउन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभयो । किरात प्रदेश नभए प्रदेशमा निक्कै लामो आन्दोलनहुन सक्ने अध्यक्ष राईको भनाइ थियो ।
कार्यक्रमको अतिथि र सहभागिहरुलाई स्वागत गर्ने क्रममा उपाध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात हुनेमा आफूहरु ढुक्क रहेको बताउनु भयो । उद्घोषणको क्रममा महासचिव जनक राईले किरात यले सम्वत ५०८० लाई पनि किरात प्रदेश अभियानकै रुपमा अघि बढाइएको बताउनु भयो ।
कार्यक्रममा संघीय सांसद शुरेस राई (हिमाल), जय राई, पूर्वमन्त्री गोपाल किराँती, पदम राई लगायतको नेता तथा सांसदहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पार्वती राई, भीषण मुकारुङ, जानुका राई, पदम राईलगायतले गीत प्रस्तुत गर्नुको साथै यायोक्खा काठमाडौ जिल्ला समितिले साकेला प्रस्तुत गरेर सांगीतिक मनोरञ्जन दिएका थिए । सहभागीहरुलाई सेल रोटि, तरुल, तिलको लड्डु, वंगुरको मासु लगायतको परिकारको भोजन गराएका थिए । कार्यक्रममा करिव १५ सयको सहभागिता रहेको थियो ।

Published On:  453पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार