‘विकास विरोधीले तिङलाली जनतालाई मुठभेडमा हौस्याए’ : सांसद राई

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले विकास विरोधीहरुले तिङ्लाका जनतालाई मुठभेडमा उतारेको बताउनु भएको छ ।

फाईल फोटो ।

तिङ्लाको लाम्मानेमा भएको झडपपछि सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै सांसद राईले आफू तिङलाका जनताको माग संबोधन गर्नको लागि लाम्माने पुग्दा एक्कासी प्रतिकारमा उत्रिएर कार्यकर्ताको १४ वटा मोटर साईकल जलाईनु दुःखद भएको बताउनु भयो ।
आफू सदैव तिङलाली जनताको पक्षमा रहेको भन्दै सांसद राईले प्राधिकरणको निम्तोमा विद्युत उद्घाटन गर्न पत्ताले गएको र बाटोमा असन्तुष्टहरुलाई संबोधन गर्ने तयारी गर्दा मुठभेडमा जनतालाई उतारिएको आरोप लगाउनु भयो ।
घटनालाई साम्य पार्न स्थानीय प्रशासनले कुनै भुमिका निर्वाह नगरेको भन्दै घटनाको जिम्मा प्रशासनले नै लिनु पर्ने बताउनु भयो । सो क्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जिल्लाको सबै ठाउँमा विद्युतको पहुँच पुर्याउन कटिबद्ध रहेको बताउनु भएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार