प्रदेश १ मा ४ राज्यमन्त्री थपिदै, आजै सपथ ग्रहण !

Facebook Debugger

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् ।


मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।
मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् ।
एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् । पूर्वाधार मन्त्रालयमा उनले गुरुङलाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । लामो समय अमेरिका बसेका गुरुङ ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।
मुख्यमन्त्रीको विश्वासपत्र रहेका गुरुङले ओखलढुंगामा महेन्द्रा गाडीको स्वरुप उद्घाटन गराउन मुख्यमन्त्रीलाई काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर लगेका थिए । शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । राज्यमन्त्रीको आइतबार तीन बजे सपथग्रहण राखिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार