कार्टुन क्रुजका सरोज, आश्मा र वर्षा राउतको डलर सार्वजनिक !

Facebook Debugger

काठमाडौं । पछिल्लो समयमा चर्चित बनेका र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ ।
गायक आर्जन यस अघि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए ।
यस गीतमा भने उसको तारिफ भएको छ । चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ । मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार