संसद विघटन असंवैधानिक र अलोकतान्त्रीकः पूर्वमन्त्री केसी

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् ।

सोमबार सोलुखुम्बुमा भएको विरोध कार्यक्रममा बोल्दै केसीले कम्युनिस्टले देशको भलाई हुने काम कहिल्यै नगर्ने भन्दै देशमा ‘कु’ भएको र प्रधानमन्त्री केपी ओलीले देशलाई डुबाएको आरोप लगाएका छन् ।

सोलुखुम्बु कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले देशमा समृद्धि कांग्रेस कै पालामा भएको र अब सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन् । त्यसैगरी नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले प्रधानमन्त्री केपी ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् ।

विरोध कार्यक्रममा महासमिति सदस्यहरु जिल्ला स्तरीय नेताहरु भातृ तथा शुभेच्छुक संस्थाका नेताहरु लगाएत स्थानीय नेताहरूको उलेख्य उपस्थिती रहेको नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिकाका सभापति महेन्द्रदीप राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार