ज्ञानिन राईले पाए लुम्बिनी विकास कोष सदस्य सचिवको जिम्मेवारी

Facebook Debugger

बुटवल । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवको जिम्मेवारी कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले पाएका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राईलाई सदस्य सचिवका रुपमा काम गर्ने अख्तियारी दिएको हो । खोटाङ घर भएका राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख साथै बरिष्ठ अधिकृत हुन् ।
यसअघि कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन सदस्य सचिव अजितमान तामाङको २०७४ साल मंसिर महिनामा ५ वर्षे पदावधि सकिएपछि कोष सदस्यसचिव विहीन छ ।
सदस्य सचिवको जिम्मेवारी पाएका राई लुम्बिनी र बुद्धिज्मबारे राम्रो जानकार र अन्तर्रा्ष्ट्रिय संघ संस्थाहरु संग राम्रो सम्पर्क भएका कर्मचारी हुन् । उनले लामो समय लुम्बिनीस्थित कोषको कार्यालयमा सूचना अधिकृतको रुपमा पनि काम गरेका थिए । लुम्बिनी विकास कोष लामो समयसम्म सदस्य सचिव विहीन हुँदा गुरुयोजना लगायतका कामहरु प्रभावित भएका थिए

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार