सवारी साधन ठोक्किदा २ जनाको मृत्यु

0 Shares

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ मालटोलस्थित राजमार्गको घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरको जिपलाई सोही दिशातर्फ जाँदै गरेको बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । त्यसै क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयांकर सोही भारतीय ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा टयांकरका चालक विराटनगर महानगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० बर्षका रंगिला कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै गर्दा र रंगिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार