थुलुङ दुधकोशी गाउँपालिकाले ‘गाउँ शिक्षा सम्मेलन’ गर्दै

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले वि.सं. २०७६ साललाई शैक्षिक सुधारको वर्षको रुपमा घोषणा गरेको छ । गाउँपालिकाले ‘सामुदायिक विद्यालयको शैक्षिक प्रवर्द्धनका लागि गाउँ शिक्षा सम्मेलन’ आयोजना गर्न लागेको हो ।


गाउँपालिकाले आफ्नो घोषित अभियान अन्तर्गत माघ १२ र १३ गते मुक्लीमा सो सम्ममेलन आयोजना गर्न लागेको हो । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरू, सबै वडा अध्यक्षहरू र गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने छ । सम्मेलनमा गाउँपालिकाको तर्फबाट गाउँको वर्तमान शैक्षिक अवस्थाबारे प्रस्तुतिको कार्यक्रम समेत रहेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनु भयो ।
गाउँपालिका शिक्षा सम्मेलनमा प्रा. डा. विद्यानाथ कोइरालाबाट ‘शैक्षिक नेतृत्त्व सम्बन्धि अभीमुखीकरण’, ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौंका प्रधानाध्यापक नातीकाजी महर्जनबाट विद्यालय सुशासन अनुभव प्रस्तुतीकरणको साथै शिक्षामा सूचना प्रविधिसम्बन्धी अभिप्रेरणा समेत रहने अध्यक्ष राईले बताउनु भयो । सम्मेलनको अन्त्यमा गाउँपालिका र प्रधानाध्यापकहरुको बीचमा कार्य सम्पादन सम्झौतासमेत हुने समेत अध्यक्ष राईले जानकारी दिनुभयो ।
कार्यक्रम शैक्षिक सुधारका लागि ऐतिहासिक र दीर्घकालीन महत्व राख्ने उल्लेख गर्नुहुँदै अध्यक्ष राईले कार्यक्रमलाई उपलव्धीपूर्ण बनाउँन तथा गाउँको शिक्षा विकासका लागि सुझाव तथा सल्लाह प्रदान गर्न अनुुरोधसमेत गर्नुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार