२ लाख ११ हजारले बढ्यो अमेरिकामा बेरोजगारको संख्या !

Facebook Debugger

काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा गएको साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागका अधिकारीले बताएका छन् ।


बिहीबार सार्वजनिक भएको विवरणमा बेरोजगार भत्ता लिन आवेदन दिनेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको विभागका अधिकारीले बताएका हुन् । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ ।
तथ्याङ्क विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजुक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गएको डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार