ठगीको मुद्धामा जेल परेका धर्मगुरु निस्कने बित्तिकै नाम बदलेर फेरि सक्रिय !

Facebook Debugger

काठमाडौं । धर्मको नाममा भइरहेको ठगीबारे कान्तिपुरले चिरफार गरेको छ । कान्तिपुरका अनुसार, एक व्यक्तिले अदालतबाट छुटेलगत्तै आफ्नो नाम परिवर्तन गरेर फेरि पुरानै क्रियाकलापलाई निरन्तरता दिएका छन् ।


ती व्यक्ति हुन् आफूलाई बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । कान्तिपुरका अनुसार, कुनै बेला भण्डारी विष्णु प्रपन्नाचार्यजी महाराजको नाम दिएर ठगी धन्दामा सक्रिय थिए ।
उनले ०६८ मा नेपालका चचिर्त गुरु भन्दै बनारस पुगेर आफूले अमेरिकामा हुने वल्र्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन गर्न लैजान लागेको भन्दै करिब १ सय जना विद्यार्थीबाट जनही १ लाख रुपैयाँ उठाएर ठगी गरेका थिए । ठगिएकामध्ये केहीलाई उनले रकम फिर्ता गरे पनि बाँकीले अझैसम्म न्याय नपाएको समाचारमा उल्लेख छ । तिनै ठग महाराज अहिले फेरि नाम फेरेर सक्रिय बनेका छन् ।

Published On:  128पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार