राजदूत दावाफुटीले स्पेनका राजालाई राजदरबारमै बुझाइन प्रमाणपत्र

Facebook Debugger

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले मड्रिडस्थित राजदरबारमा शुक्रबार राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमणपत्र बुझाएकी छिन् ।


स्पेन यूरोपको रजतन्त्रात्मक मुलुक हो र शेर्पालाई राजासमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमै निम्त्याइएको थियो । राजदूत नियुक्त भएपछि शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिइन । अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई सरकारले केही वर्षअघि मात्र स्थापना गरिएको नेपाली दूतावास स्पेन पठाउने निर्णय गरेको थियो ।


सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन । शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, जसले स्पेन लगायत यूरोपमा नेपाल प्रवद्र्धन गर्न मुख्यगरी सक्रिय हुने बताएकी छिन् ।

Published On:  185पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार