पूर्वमाओवादी सांसद् ओली पक्षमा लागेपछि लुम्बिनी प्रदेशमा तरङ्ग

पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत

बुुटवल । लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष)मा लागेपछि तरङ्ग पैदा भएको छ ।

पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड-माधव नेपाल पक्ष थप चिन्तित बनेको छ । नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।

अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको दावी गरिएको छ । न्यौपाने शुरुमा प्रचण्ड-नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिएका थिए । उनले रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुम अतिथि बनेको भेलामा पुगेर सम्वोधन समेत गरेका थिए ।

प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ । लुम्बिनी प्रदेश नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले अन्य पूर्वमाओवादीका सांसदलाई पनि आफूतिर तान्नका लागि छलफल भइरहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार