लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको अंक बराबरी

प्रिमियर लिग

काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले लिग लिडर लिभरपुलसँग अंक बराबरी गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको ४० औं मिनेटमा एन्टोनी मार्सियलले आरोन विन बिसाकाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा बर्ट्रान्ट ट्राणरले ज्याक ग्रेगलिसको पसामा एस्टन भिल्लाका लागि बराबरी गोल पर्काए ।

६१ औं मिनेटमा ब्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले फेरि अग्रता बनायो र त्यही अग्रता कायम राख्दै युनाइटेड २-१ ले विजयी भएको हो ।
जितपछि युनाइटेडले १६ खेलबाट लिभरपुलसँग समान ३-३ अंक जोडेको छ । गोलअन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमै कायम रहँदा युनाइटेड दोस्रो स्थानमा छ । १५ खेलबाट २६ अंक रहेको एस्टन भिल्ला छैटौं स्थानमा छ ।

उता चौथो स्थानको एभरटन वेष्टहमसँग १-० ले पराजित भएको छ । टोमस साउसेकले ८६ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा वेष्टहमले ३ अंक जोड्न सफल भएको हो ।

पराजित एभरटन १६ खेलबाट २९ अंकसहित चौथो स्थानमै यथावत छ । वेष्टहम १७ खेलबाट २६ अंक जोड्दै १० औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार