लेग स्पिनर सन्दीप होबार्टबाट ब्याटिङ गर्दै

अष्ट्रेलियामा जारि बीबीएल टी-२० क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् ।

अष्ट्रेलियामा जारि बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धको खेलमार्फत सन्दीपले होबार्टको लागि पहिलो खेल खेल्दैछन् ।

पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध सन्दीप होबार्टको सुरुवाती-११ मा परेका छन् । सन्दीपले यसअघि स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए ।

यस सिजन नयाँ टिम हुरीकेन्समा आबद्ध सन्दीपले ६ खेल गुमाएका थिए । अष्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिन बसेको कारण सन्दीपले सुरुवाती खेल गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार