सोलुखुम्बुका ४ क्यान्सर पिडितलाई आर्थिक सहयोग

समाजसेवामा पनि सक्रिय कांग्रेस नेता कार्की

420 Shares

काठमाण्डौ । सोलुखुम्बुका ४ जना क्यान्सर पिडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीको सहकार्यमा सोलुखुम्बुका ४ जना आर्थिक अवस्था कमजोर भएका क्यान्सर पिडित बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।

नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (ल्भ्ँँब्)का अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कार्कीको सहकार्यमा गृह जिल्ला सोलुका ४ क्यान्सर र पाठेघर सम्बन्धि बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल फ्रेट फर्वाडर्स सगको सहकार्यमा कार्कीले महाकुलुङ गाउपालिका–४ गुदेल सोलुखुम्बुका हर्कजीना राईको उपचारका लागि ३६ हजार प्रदान गरेका छन् । उनी फोक्सोको क्यान्सर पिडित बिरामी हुन् । त्यस्तै, टाउकोको क्यान्सरबाट पिडित सोलुखुम्बु महाकुलुङकै बुवाराज राईको उपचारका लागि ३६ हजार सहयोग दिएका छन् । पाठेघरको समस्याबाट पिडित नेचासल्यान गाउपालिका–३ बेशीगाउँकी हिरादेवी कटेलको उपचारमा एशोसियशन सँगको सहकार्यमा कार्कीले २० हजार सहयोग गरेका छन् ।

आइतबार काठमाण्डौमा सम्पन्न एशोसियशनको २० औं साधारण सभा तथा कार्यकारणी समितिको निर्वाचन कार्यक्रमको समापन समारोहमा सहयोग रकमको चेक पिडितका परिवारलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, नेता कार्कीको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका क्यान्सर पिडित बुद्धिबहादुर भूजेलको उपचारका लागि लाइन्स क्लब अफ काठमाण्डौ क्यापिटलले २५ हजार सहयोग गरेको नेविसंघका नेता दिनराज बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार