सभामुख सापकोटाको पहिलो कुटनीतिक भेट चीनियाँ राजदूत यान्छीसँग !

Facebook Debugger

काठमाडौं । आजै मात्र पद तथा गोपनियताको सपथ लिएका सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पहिलो कुटनीतिक भेट गरेकी छन् ।


सभामुख पदको शपथ लिएर सिंहदरबारस्थित कार्यकक्षमा पुगे लगत्तै सापकोटालाई भेट्न राजदूत होउ सिंहदरबार पुगेकी हुन् । सिंहदरवारमा भएको भेटमा चिनियाँ राजदूत होउले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष ली चान्सुको तर्फवाट बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले अध्यक्ष लीले पठाएको सन्देश सुनाउँदै राजदूत होउले नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सन् २०१९ मा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणको आदानप्रादनका साथै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको उनले बताइन् । पछिल्लो समय दुवै देश अगाडि भएका सम्झौता तथा समझधारीको कार्यान्वयनमा लागिरहेको भन्दै चिनियाँ दूतावासले नेपाल र चीनबीच संसदीय सहायता आदानप्रदान थप प्रगाढ गराउँदै लैजाने वक्तव्यमार्फत जनाएको छ ।
भेटका क्रममा सभामुख सापकोटाले राजदूत होउलाई आफ्नो तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई धन्यवाद सन्देश सुनाइदिन अनुरोध गरेका थिए । त्यस्तै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गरे ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार