अमेरिकाको पत्रले नेपाल–चीन सुपुर्दगी सन्धि रोकेको खुलासा !

Facebook Debugger

काठमाडौं । नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि कान्तिपुरले आज मुख्य समाचार लेखेको छ ।


समाचार अनुसार चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा १ दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गरेको खुलेको छ । अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र नै लेखेको समाचारमा उल्लेख छ ।
अमेरिकी सिनेटर एवं वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टटोबर ११ मा चिनियाँ राट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र यसबाट नेपालमा रहेका तिब्बती शरणार्थी हटाउने प्रक्रिया अघि बढ्न सक्ने भनी पत्र लेखेर ध्यानाकर्षण गराएका थिए ।
स्रोतको हवाला दिँदै कान्तिपुर लेख्छ– चीनसँग सुपुर्दगी सन्धि गर्न भनेर द्विपक्षीय सहमतिमा तयार पारिएको सम्झौताको मस्यौदा असोज २० गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको थियो । तर राघष्ट्रपति सी आउने अघिल्ललो दिन असोज २४ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रतिकूल परिस्थिति उत्पन्न भएकाले यस पटक चीनसँग सुपुर्दगी सन्धिन नहुने अनपेक्षित जानकारी दिएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार