बामदेवले राष्ट्रिय सभा बैठकमा भने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो‘आज म खुशी हुनु पर्ने हो, तर छैन’ [भिडियोसहित]

खुशी हुने समयमा दुःखी भएको छु

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले खुशी हुनु पर्ने समयमा आफू दुःखी भएको बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सदस्य गौतमले कम्युनिष्ट आन्दोलनमा लागेर खुशी हुने समयमा दुःखी भएको बताएका हुन् । ‘आज म खुशी हुनु पर्ने हो, तर म खुशी छैन,’ गौतमले भने, ‘कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले ७० वर्षे इतिहासमा एकताबद्ध भएको कम्युनिष्ट विभाजितको संघारमा छ ।’

प्रधानमन्त्री ओली अल्पमतमा परेपछि राजिनामा दिएर कम्युनिष्ट आन्दोलन र पार्टी एकताको रक्षा गर्नु पर्ने गौतमको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमसँग सबै कुरामा छलफल गरेको विगत सम्झदै पुष ५ गतेको संसद विघटनबारे कुनै कुरामा छलफलनै नगरेको आरोप समेत लगाए । ‘म भए संसदमा अविश्वासको प्रस्ताव लैजानु अघिनै प्रधानमन्त्री पदबाट राजिनामा दिन्थे,’ गौतमले भने, ‘यदि ३ वर्षमै विभाजित हुनु थियो भने किन पार्टी एकता गर्नु ?’

नेकपाभित्र चलिरहेको विवादमा ओली र प्रचण्ड पक्ष दुवैको गल्ती गौतमले देखेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार