निवर्तमान उपसभामुख तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

Facebook Debugger

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।


नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरे । नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।
तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फेले उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप पार्टीको सदस्यता त्यागेकी थिइन् । गत असोजमा रिक्त सभामुख पदपूर्तिका लागि मार्गप्रशस्त गर्न नेकपाको आग्रह अनुसार राजीनामा गरेकी उनलाई नेकपाले पुनः केन्द्रीय सदस्य बनाएपछि दलमा आबद्ध भएर राजनीति गर्न बाटो खुलेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार