पार्टी नाम नेकपा र ‘सूर्य’ चिन्ह आफ्नो नभए आँधीवेहरी आउने : प्रचण्डको चेतावनी

0 Shares

पोखरा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुको हुने ठोकुवा गरेका छन् । प्रचण्डमाधव समूहले पोखरामा गरेको गण्डकी प्रदेशको भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँग रहेको भन्दै कानुन अनुसार नै पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गरे । उनले निर्वाचन आयोगले आफुहरुलाई आधिकारिक मान्ने बताए ।

प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफुहरुले नपाएको खण्डमा आँधीवेहरी ल्याउने पनि चेतावनी दिए । उनले चिन्ह र नाम आफुहरुले नपाउने अवस्था आए आँधीवेहरी आउने पनि चेतावनी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार