प्रचण्डको प्रश्न भारतलाई सोधेर संसद भंग गरेको हो प्रधान्मन्त्री ज्यू

35 Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन् ।

आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए । सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

उनले अघि भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’

उनले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता पनि नाटक भएको बताए । प्रचण्डले भनेका छन्, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’

अहिले त नाङ्ग देखिया छ नि विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्त्र सुनाए । उहाँले त्यो मन्त्र सुन्नुभयो । अस्ति भर्खरै हेर्नुभयो नि जीन्युजको अन्तरवार्ता । उहाँले बोलाएको त्यो पनि नाटकै हो । त्यो नाटके भन्ने पटाक्षेप भइसक्यो । अब एभरेष्टको नाम फेर्ने रे त्यही जी न्यूजले ।असारको हाम्रो स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ, मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।

अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्‍या सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी रु

मैले भारतलाई केही भन्न खोजेको होइन, तर केपी जीको त देखियो नि । उहाँले कस्तोलाई विशेष दुत भन्नुभयो, बोलाउनुभयो, गुफ्त गु गर्नुभयो तीन तीन घण्टा बालुवाटारभित्र एक्लै । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त हेरेकै छन् नि त नेपाली जनताले आफ्नो आखाँले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार