नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड(माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।

 

यो समूहले संसद् विघटनविरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ ।

नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार