महेन्द्रोदय माविको विव्यास अध्यक्षमा वास्तोला सहित प्यानलै विजयी

Facebook Debugger

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नं. २ मा रहेको महेन्द्रोदय माध्यमिक विद्यायलको व्यवस्थापन समिति अध्यक्षमा भेषकुमार वास्तोला सहित प्यानलै विजयी भएका छन् ।


अध्यक्ष वास्तोलाले नेकपाबाट उमेदवारी दिएका नेचासल्यान १ का जसबहादुर (छिरिङ) राईलाई १९ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षमा वास्तोलाले १ सय ९ मत पाएका थिए भने राईले ९० मतमा चित्त बुझाउनु पर्यो । त्यसैगरि खुल्ला सदस्यमा आगिमा शेर्पाले १ सय १३, महिला सदस्यमा डम्बरकुमारी राईले १ सय १६ र दलित सदस्यमा बालकृष्ण सार्कीले १ सय १० मत प्राप्त गरेका थिए ।
निर्वाचनमा २ सय १३ मत खसेको थियो । ११ मत भने बदर भएको नवनिर्वाचित अध्यक्ष भेषकुमार वास्तोलाले बताए । वास्तोला नेचासल्यान गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पनि हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार