पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारवाहीको माग !

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।


नेपाल महिला संघले सोमबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा बोल्ने भ्रातृ संगठनका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धानको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा उनीहरुले पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पनि अख्तियारले छानबिन गर्नुपर्ने माग गरे । मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार