काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् ।
उनले चीनको व्यवहारकै कारण उसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए ।
पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ ।
‘कोभिड(१९को नाकामा हाम्रो सामान धेरै समय रोकियो, हामीले पहल पनि गर्यौं, यस्तो पाराले त चीनसँग हाम्रो व्यापार चल्दैन, पडौसी जिम्मेवार देखिएन,’ मन्त्री भट्टले भने ।
नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ ।