शिक्षकको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

42 Shares

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।


विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार