शुल्क वृद्धि स्वीकार्य छैन एमबीबीएसको डा: केसी

21 Shares

काठमाडौं । डा। गोविन्द केसीले एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् ।

डा। केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७र०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ ।

आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

त्यसप्रति आपत्ती जनाउँदै डा। केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’

साथै डा। केसीले विगतमा आफू र सरकारबीच भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार