कालापानी र लिपुलेकमा रक्षामन्त्री पोखरेल !

Facebook Debugger

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहित प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय (नेपाल, भारत र चीन)को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् ।


दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् ।
उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारीलगायत सीमाक्षेत्र अनुगमनमा गएका हुन् ।
प्रजिअ पौडेलका अनुसार, महोत्सव उद्घाटनका लागि दार्चुला पुगेका उपप्रधानमन्त्री पोखरेल आइतबार राति त्यहाँस्थित दुर्गा दल गणमा बसेका थिए । निर्धारित कार्यक्रमअन्तर्गत पोखरेल सोमबार बिहान ८ः१५ बजे व्यासक्षेत्रको अनुगमन निस्किएको पौडेलले बताए । व्यास क्षेत्रअन्तर्गत कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार