न्यायाधीशको संख्या थप्नुपर्ने महसुस हामीलाई पनि भएको हो : प्रधानन्यायाधीश

0 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताएका छन् ।

मंगलबार बहसका क्रमा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै आफू पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताएका थिए । ‘यत्तिको विवादमा ५ जना न्यायाधीश इनफ हो’ उनले भने, ‘यो भन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ, लयरहरुले पनि संख्या थप्न सकिने सुझाव दिनुभएको छ ।’


लगत्तै प्रधानन्यायाधीश जबराले न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताए । तर भौतिक पूर्वाधार नभएको भन्दै उनले भने, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले ५ जना बसिराखेको ठाउँमा ९र११ जना कहाँबाट राख्नू

१३ रिट निवेकहरुले यो मुद्दा बृहत पूर्ण इजलासमा पठाउन माग गरेपछि लामो बहस नै भएको थियो । तर संवैधानिक इजलासले २ माघमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार