नेपाल-चीन नाकामा चिकित्सक सहितको हेल्थ डेस्क

Facebook Debugger

काठमाडौं । बाग्मती प्रदेश सरकाले नेपाल र चीनको सिमानामा रहेको रसुवागढीको मितेरी पुलनजिकै चिकित्सक सहितको हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।


कोरोना भाईरसको संक्रमण चीनमा फैलिएर धेरै मानिसको मृत्यु भएपछि रसुवागढी नाकाबाट आवतजावत गर्ने चीनीया नागरिक तथा अन्य मुलुकका नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न चिकित्सक सहितको हेल्थ स्थापना गर्न लागिएको हो । अहिले पाल तथा टिनको पाताले बनाइएको कक्षमा गोसाँईकुण्ड गाँउपलिकाबाट उपलब्ध अहेबको भरमा उपकरण बिना नै परामर्श मात्रदिने काम भैरहेको छ ।
अब डाक्टर सहितको टिमले संर्पुण उपकरण सहित स्वस्थ्य परिक्षण गर्ने ब्यबस्था प्रदेश सरकारबाट गरिने बाग्मति प्रदेशका सामाजिक बिकास मन्त्रि युबराज दुलालले जानकारी दिनुभयो । चीनको केरुङ हुदै नेपाल प्रबेस गर्ने चीनीया पर्यटकहरु विगतमा दैनिक एक सय देखि एक सय पचासको संख्यामा रहेपनि कोरोनाको संक्रमण बढे पछि नेपाल प्रवेश गर्नेको संख्या हिजो आज सुन्य रहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार