‘खेलकुद र पर्यटन सँगसँगै अगाडी लैजानुपर्छ’ : अध्यक्ष राई

Facebook Debugger

सोलुखुम्बु । गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाअध्यक्ष एवं थुलुङदुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राईले खेलकुद र पर्यटनलाई सँगसँगै अगाडी लैजानुपर्ने बताउनु भयो ।


मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ को आयोजनामा भएको पुरुष भलिबल खेलको उद्घाटन सत्रलाई संबोधन गर्दै अध्यक्ष राईले आफ्नो गाउँपालिले २ वटा अध्यक्ष रनिशिल्डको आयोजना गरिसकेको बताउँनुहुँदै सोलुखुम्बु जस्तो जिल्लामा पर्यटन र खेलकुद सँगसँगै लैजानु पर्ने बताउनु भएको हो ।
खेलकुदको माध्यमबाट थुप्रै बिकासका आधार खडा हुनेभएकाले थुलुङदुधकोशीले खेलकुदमा उल्लेख्य लगानि गरेको पनि राईले बताउनु भयो । गत मंसिर ५ गते देखी ८ गतेसम्म गाउँपालिका केन्द्र मुक्लिमा दोस्रो अध्यक्ष रनिङ शिल्ड तथा प्रथम गाउँपालिका महोत्वसको आयोजना गरिएको थियो । पर्यटन वर्ष २०२० लाई लक्षित गरि १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको जानकारी दिदै अध्यक्ष राईले सबैले यस क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नु हुदै योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले खेलकुदको माध्यामबाट विश्वलाई चिनाउने बताउनु भयो । अहिलेको कुराबाट सिकेर थप सुधार गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

Published On:  252पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार