‘तिङला घटना राजनीति र भ्रष्ट्राचार गर्ने गिरोहको सुनियोजित योजना हो’ : पिडित कार्की

Facebook Debugger

काठमाडौं । तिङला घटनामा पिडित भएका स्थानीय टंकबहादुर कार्कीले राजनीति र भष्ट्राचार गर्ने गिरोहको सुनियोजित योजना अनुसार आपराधिक मानसिकता भएका व्यत्तिले पार्किङ गरिरहेको गाडि जलाएको आरोप लगाएका छन् ।


पिडित कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै विकासका नाममा राजनीति र भ्रष्ट्राचार गर्ने गिरोहको सुनियोजित योजनामा तिङ्लामा सर्वसाधारणलाई भ्रममा पारी १३ वटा मोटर साईकल र पार्किङमा रहेको बोलेरो जीपमा आगजनी गरिएको आरोप लगाएका हुन् । ‘२०७६ माघ ४ गतेका दिन सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङ्ला, लुमासा डाँडास्थित सोलुकरिडोरको सबस्टेशन नजिकै रहेको मेरो घर कम्पाउण्डमा पार्किङ गरी राखेको प्रदेश नं. ३-०१-०२२ च २०३३ नं. को इन्जिन नंं TBK4F76533, च्यासिस नं. MA1RU4TBKK3F98305 को महिन्द्रा कम्पनीको बोलेर जीपमा केही अपराधिक मनसायका मानिसहरुले आगो लगाई नष्ट गरेका छन्,’ पिडित कार्कीले भने, ‘साथै म र मेरो परिवारलाई ज्यान मार्ने, थातथलोबाट विस्थापित गर्ने धाकधम्की दिई मानसिक तथा शारीरिक यातना दिएकोले मैले मिति २०७६/१०/१२ गतेका दिन जिल्ला प्रहरी कार्यालयमा अपराधिक कार्यमा संलग्न व्यक्तिहरुका विरूद्ध मुलुकी अपराध संहिता २०७४, को खण्ड एक परिच्छेद-२६ को दफा २८५ अन्तर्गतको आपराधिक उपद्रव र संगठित अपराध निवारण ऐन २०७० को दफा ३ बमोजीम जाहेरी दिएकोमा हालसम्म प्रहरी प्रशासनबाट अपराधिक कार्यमा संलग्नहरुको पहिचान गरी कानुनी कार्वाहीको दायरामा ल्याउन जाहेरी दिएको छु ।’
घटना सोलुदुधकुण्ड नगरपालिकाका मेयर र तल्लो सोलु जलविद्युत आयोजनाको षडयन्त्रमा भएको पिडित कार्कीले आरोप लगाए । ‘स्थानीय स्रोतसाधनको प्रयोग गरे बापत तल्लो सोलु जलविद्युत आयोजना तिङ्लालीलाई त्यसको क्षतिपूर्ति दिनुपर्ने दायित्वबाट पन्छिदै आएको छ’ कार्कीले भने, ‘तिङ्लावासीले आयोजनाबाट उत्पादित विद्युत निशुल्क पाउनु पर्ने, प्रत्येक घरधुरीलाई शेयर स्वामित्व हुनु पर्ने, सामाजिक उत्तरदायित्वको पारदर्शी ढङ्गबाट खर्च गरिनु पर्ने, तिङ्लाको शैक्षिक–सामाजिक विकासमा आयोजनाले योगदान गर्नु पर्ने, आयोजना परियोजनासँग मिलि विकासको नाममा डुब्लिकेशन गर्न नहुने विषय म लगायत सचेत तिङ्लावासीले उठाउँदै आएका छौं । विषयवस्तुलाई अन्यत्र मोडि आफ्नो दुनो सोझ्याउने तत्वले मलाई वैचारिक रूपमा पराजित गर्न नसकेपछि भौतिक आक्रम र आगजनीमा उत्रिएकोप्रति मेरो गम्भीर आपत्ती छ ।’

पिडित कार्कीको जिज्ञप्तीको पूर्णपाठ :

Published On:  443पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार