ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरिने

0 Shares

2016-08-29 18:33

काठमाडाँै, १३ भदौ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ (नेफ्स्कुन) र बेलायती साझेदारी संस्था युकेएड ‘सक्षम’बीच ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तार गर्नका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र सक्षमका टोली प्रमुख बलजीत बोहराबीच ‘वित्तीय सहकारीको क्षमता विकासमार्फत समुदायका वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम’को सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रमले ऋण सहकारी संस्थाको वित्तीय र संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि मध्य र सुदूरपश्चिमका १० जिल्लामा सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी गराउनुभयो । कैलाली, डडेल्धुरा, डोटी, बैतडी, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुम र सल्यान जिल्लाका सहकारीमा थोक कर्जा लगानी गर्नेछ ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष ऋषिराम घिमिरेले परियोजनाले सहकारी र थोक कर्जाले नेपालको ग्रामीण क्षेत्रमा वित्तीय सेवा पु¥याउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले सहकारीको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वयनमा सहयोग पु¥याउने बताउनुभयो ।

सक्षमका टोली प्रमुख बोहराले ग्रामीण क्षेत्रका मानिसको सशक्तीकरण र वित्तीय सेवामा पहुँच पुग्ने बताउनुभयो । परियोजनाले २०० सहकारी संस्थाका ३० हजार सदस्यलाई रु छ अर्ब ऋण परिचालन गर्नेछ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार