नेपाली सेनाद्धारा वृक्षारोपण

  हरि पराजुली,लम्जुङ्ग

लम्जुङ्ग । नेपाली सेनाले प्रधान सेनापती कमान्ड मार्ग निर्देशन २०७५ को लक्ष्य न। ६।१।३।१ अनुसार ून्य न्चभभलू अन्तरगत लमजुङ जिल्ला बेसिशहर न। पा भित्रका केही वडाहरुमा पहिलो चरणमा १५ प्रजातीका फलफूलका बिरुवा र ५ प्रजातीका अन्य बिरुवा गरि जम्मा २० प्रजातीका कुल १५७५० गोटा बिरुवा रोप्ने योजना बनाएको बारे हिजो एक कार्यक्रम मा श्री श्रीजङ गणका गणपति प्रमुख सेनानी श्री जयराम थापा ले उध्घोस गर्दै हिजो मिति २०७७र१०र१५ गते बेसिशहर न। पा वडा नं। २ को श्रीस्वाँरा नेपाली सेनाको ब्यारेक क्षेत्रमा, श्री जग्रेनी सामुदायिक बनको उत्तरधारा क्षेत्रमा त्यसै गरि मगर संग्रहालय को भवन आसपासमा र नेपाली सेनाको कृषि तथा पशुपालन तालिम केन्द्रको बगाले गाउँ क्षेत्रमा बृहत रुपमा बृक्षरोपण कार्यक्रम एबं निर्माणधिन भवन र स्थानीय संरचनाको अवलोकन गर्ने शुभ कार्य सु(सम्पन्न गरेको छ। प्रधान सेनापती महारथी श्री पुर्ण चन्द्र थापाको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाका उपरथी, सहायक रथी, महासेनानी एबं प्रमुख सेनानीहरु को बाक्लो उपस्थिति रहेको थियो भने उक्त अवसरमा बेसिशहर न। पा। का नगरप्रमुख श्री गुमान सिंङ अर्याल, बे। न।पा वडा न। (२, का अध्यक्ष श्री गणेश बहादुर कंडेल एबं सदस्यहरु,डिभिजन वन तथा सब(डिभिजन वन कार्यलय लमजुङ का प्रमुखहरु,लमजुङ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्री राजेश थापा लगाएत सर्बसाधरणको उल्लेखित क्षेत्रमा उल्लासमय उपस्थिति रहेको र सबै जनाले वृक्ष रोपणमा सहभागी भएका थिए ।

अन्य क्षेत्रमा पनि हिजो एकै दिन श्री श्रीजङ गण उदिपुर लमजुङको सहयोग र स्थानीय बासिन्दा सँगको सहकार्यमा टोल स्तरबाट घर(घरमा, सामुदायिक वन क्षेत्रमा,सार्बजनिक जग्गाहरुमा, लमजुङको ऎतिहासिक गाउँशहर दरबार क्षेत्रमा, र जिल्ला अस्पताल लमजुङको हाता भित्र गण्डकी प्रदेशका मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ को अगुवाइ र माननीयहरुको उपस्थितिमा अस्पताल कर्मचारीहरु, सबैले फलफूलका बिरुवाहरु रोप्ने कार्य सम्पन्न भएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापती महारथी थापा ले युवाहरु बिदेशीएको देख्दा र बिदेशी भुमिमा दुख पाएको र जन्म थलोमा रहेका खेतीयोग्य जग्गा जमिनहरु बाँझो रहेको देख्दा आफुलाइ ज्यादै दुख लाग्ने गरेको र भोलिका दिनमा युवाहरुलाई मातृ भुमिमै पौरख गरेर देखाउनु पर्ने कार्य अन्तरगत आय आर्जनमुखि कार्यमा लाग्न हौसला दिनुका साथै आफुलाइ जन्मथलो प्रति अगाध माया रहेको संदेश भाबुकताका साथ बारम्बार व्यक्त गरेका थिए ।

उक्त सम्बोधन कै क्रममा नगर प्रमुख अर्यालले रास्ट्रले त्यस्मा पनि लमजुङ र अझै बेसिशहर नगरपालिकाले एक होनहार सच्चा नागरिकलाइ नेपाली सेना को गरिमामय पदमा प्रधानसेनापती थापा लाई पाउनुमा आफुले गर्ब गर्ने गरेको र उहाँको जिवनीबाट युवा पिँढीले पनि सिक्नु पर्ने थुप्रै कुराहरु भएको भन्दै सम्बोधनलाई विशेष जोडका साथ शुभकामना व्यक्त गरेका थियो।
हिजो कै दिन एक छुट्टै कार्यक्रमका बिच नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले बेसिशहर नगरपालिकाको वडा न। २ को गैरी(मैदाने भन्ने ठाँउमा आफ्नो नाउँमा रहेको जग्गाबाट स्थानीय श्री बाल चेतना शक्तिशाली आमा समुहलाई भवन निर्माणका लागि ४ आना जग्गाको लालपुर्जा उहाँकि ममतामयि माता श्रीमती सावित्री थापाको बाहुलीबाट आमा समूह कि अध्यक्ष श्रीमती सीता देबि लोहनी लाई हस्तान्तरण गर्नु भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार