जर्मनीमा दुईवटा गोलीकाण्ड, ८ व्यक्तिको मृत्यु

Facebook Debugger

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा ८ जना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ जना रहेको जनाएको छ । प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना भएको थियो ।
घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।
दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ । अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा ३ जना र दोस्रोमा ५ जना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ । अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ ।
सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ । बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार