काठमाडौं। गणेश राई र कमल योन्जन तामाङको संयुक्त निर्देशनमा लगाई दिउँला सुनको बाला नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो ओ एसआर डिजिटल नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो।
सोमराज रावल र सानुमाया लिम्बुको स्वर तथा गोविन्द बुढाको शब्दसंगीत रहेको उक्त म्युजिक भिडियोमा सन्तोष थापा, सरोज राना प्रजा र ओ एसिस केसीको अभिनय रहेको छ । भिडियोको छायाङ्कन भीम लामाले गरेका छन् भने सम्पादन सनम लामाले गरेका छन् ।
उक्त म्युजिक भिडियोको निर्माण रेहन क्षेत्री र होमेस बुढाले गरेका हुन्।