सुनको मूल्य ७८ हजार नाघ्यो !

Facebook Debugger

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।


यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।
गत वर्ष फागुन महिनामा महासंघअन्र्तगतका व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको माहासंघले जनाएको छ । कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा दखिन थालेपछि अन्तर्रा्ष्ट्रिय लगानीकर्ता सुन जोहो गर्न लागेको व्यवसायीहरुको भनाइ छ । अचल सम्पतीको तुलनामा संसारभर मूल्य हुने सुनमा गरिने लगानी सुरक्षित हुने भएकाले विश्वमा ठूलो हलचलका बेला सुनमा लगानी बढ्ने गरेको पाइन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार