पत्रकार गजुरधन राई प्रधानसेनापति प्रशंसा पदकद्धारा विभूषित

Facebook Debugger

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक गजुरधन राई ‘प्रधानसेनापति प्रशंसा पदक’द्धारा सम्मानित भएका छन् ।


महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले राई सहित ८ जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको हो । सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका विषयमा समाचार लेख्दैआएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।


विभूषित हुनेमा परशुराम काफले (नयाँ पत्रिका), नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) छन् ।
समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा. डा. त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार